images

करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सकरारले सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताएका छन् ।

बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताउँदै उनीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताए ।

प्रधानमन्त्री सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानूनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको बताए ।