images

युवाहरूको मुख थुनेर बोल्न नदिएकोबारे सरकारसँग जवाफ माग

काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।

मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए । जसमा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ गरेको थियो ।

सोही विषयमा आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गर्नुभएको हो । उहाँले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोज्नुभएको हो ।

उहाँले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उहाँले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? भन्दै प्रश्न गर्नुभयो ।

मंगलवार एक सार्वजनिक कार्यक्रममा युवाहरुले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेका थिए ।