images

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीको दाबी

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालले दाबी गरेको छ ।

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएको हो ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गरे ।

प्रवक्ता सुमनले बैठकले चैत्र २७, २८ र २९ गते तीन दिनको लागि काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि जानकारी दिएका छन् ।