images

प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।

माओवादी केन्द्रको केन्द्रिय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा मंगलवारदेखि ‘केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ चलिरहेको छ ।

यस कार्यक्रममार्फत जिल्ला जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ । प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २÷२ जना, जनवर्गिय संगठनका केन्द्रीय अध्यक्षहरु र केन्द्रिय स्कुल विभागका सदस्यहरुको उपस्थिति रहेको छ ।

११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शिर्ष नेताहरु तथा विषयविज्ञहरुले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए । न

माओवादी केन्द्रका केन्द्रिय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरुलाई वैचारिक रुपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताए ।

माओवादी केन्द्र वागमती प्रदेश समिति सदस्य विदुर खड्काले युवाहरुलाई नेतृत्व तहसम्म पु¥याउनका लागि पनि यस्ता किसिमका वैचारिक प्रशिक्षणहरु आवश्यक पर्ने बताउँछन् ।