images

बढुवा भएका ५ एआईजीलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ५ जनाले दज्र्यानी चिन्ह लगाएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी धिरज प्रताप सिंहले उनीहरूलाई फुली लगाइदिएका हुन् ।

चैत ६ मा मन्त्रिपरिषद् बैठकले टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको थियो ।

बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो । अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् ।

बढुवा भएका मध्ये एकजनालाई बिहीबार बस्ने मन्त्रीपरिषद्ले आईजीपीमा नियुक्त गर्दै छ ।