images

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ।

काठमाडौँको एक होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।

जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । जसअनुसार १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) पुरुष र १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत ) महिला रहेका छन् । त्यस्तै अन्यको संख्या ०.०००१ अर्थात् २ हजार ९ सय २८ रहेको तथ्यांकले देखाएको छ ।

‘मेरो जनगणना मेरो सहभागिता’ नाम दिइएको १२औँ जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको थियो । तर पूर्ण तथ्यांकको सो संख्या घटेर आएको हो ।

जनगणनाको अन्तिम तथ्यांक अनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ । जहाँ २० लाख ४१ हजार ५ सय ७८ रहेको छ । भने सबैभन्दा कम जनसंख्या मनाङमा रहेको तथ्यांकले देखाएको छ । जहाँ ५ हजार ६ सय ८९ रहेको छ ।

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत ९१७ लाख ७२ हजार ९४८ जना० जनसंख्या रहेको छ।