
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारमा गएका ६१२ नेपालीले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारीमा गएका ६१२ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार ६ महिनामा सबैभन्दा धेरै साउदी अरेयिबा रोजगारीइमा गएका नेपालीले ज्यान गुमाएका छन्। साउदीमा ज्यान गुमाउनेको नेपालीको संख्या १८५ पुगेको छ।
त्यस्तै मलेसियामा १२३ जना नेपालीको ज्यान गएको, कतारमा ११७, युएईमा १०४, कुवेतमा ३०, बहराइनमा १२, जोर्डनमा २, टर्कीमा २, सेसल्समा १, रोमानियामा ४ र दक्षिण कोरियामा ११ जना नेपालीको मृत्यु भएको छ।
चालू आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारमा विभिन्न मुलुक गएका ११४ अंगभंग भएर स्वदेश फर्किएका छन्। साउदीबाट ३८ जना अंगभंग भएर फर्किएका छन् भने यूएईबाट २४, कतारबाट २२, मलेसियाबाट १६ र कुवेत रोजगारीमा रहेका ५ जना स्वदेश फर्किएका छन्।
रोमानियाबाट २, कोरियाबाट २, पपुवा न्युगिनी, माल्टा, जापान, इजरायल र क्रोएसियाबाट एक–एक जना अंगभंग भएर स्वदेश फर्किएको तथ्याङ्कमा उल्लेख छ ।