images

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसँगै वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने महाशाखाले जनाएको छ।

राति गण्डकी, बागमती र कोशीका पहाडी भूभागमा आंशिक बदली हुनेछ। यस्तै पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।