images

नेपालीहरूको पहिलो विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाडौं । नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालीहरूको पहिलो विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको हो ।

विभागको तथ्याङ्कअनुसार शून्य तीन प्रतिशत नेपालीको विवाह १० वर्षभन्दा पनि कम समयमा हुने गरेको छ । यस्तै सात प्रतिशतले १० देखि १४ वर्षको उमेरमा, २२ दशमलव तीन प्रतिशतले १५ देखि १७ वर्षको उमेर र ३४ दशमलव चार प्रतिशतले १८ देखि २० वर्षको उमेरमा विवाह गर्ने पाइएको छ ।