images

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा मूख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएसँगै सरकारले निरन्तरता पाएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले ६७ सांसदबाट विश्वासको मत पाएका हुन् । 

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा १७ मत पर्‍यो भने ७ जना सांसद तटस्थ बसे । प्रदेशसभाको विश्वास छ भनेर देखाउन मुख्यमन्त्रीले कम्तीमा ५६ सांसदको समर्थन जुटाउनुपर्ने थियो ।

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एकिकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका हुन् ।

उनले प्रदेशसभाबाट दोस्रो पटक विश्वासको मत पाएका हुन् । यसअघि नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै उनले पुनः विश्वासको मत लिएका हुन् ।