images

तीन वटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले उपनिर्वाचनमा गठबन्धन नगरी तीन वटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको हो ।

तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ ।

उम्मेदवार छनौटका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरू गर्ने निर्णयसमेत पार्टीले गरेको छ । साथै रास्वपाले तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणेश कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समितिसमेत बनाएको छ ।