images

दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दाबी गरेका छन् ।

मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको पनि उल्लेख गरे । उक्त समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

बाहिर भने जस्तो सरकार गठनमा खासै अप्ठ्यारो अवस्था नभएको उपप्रधानमन्त्री भनाई थियो । मन्त्री श्रेष्ठले सरकार जनताका समस्या समाधान र वर्तमान आर्थिक भार न्युनिकरणमा काम गरिरेको पनि दाबी गरे ।