images

पत्रकार दिपेन्द्र दोङ तामाङको निधन

काठमाडौं । पत्रकार दिपेन्द्र दोङ तामाङको निधन भएको छ । मध्यान्न राष्ट्रिय दैनिकाका कार्यकारी सम्पादक रहेका तामाङको शनिवार मेडासिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङलाई केही दिन पहिले ब्रेन ह्याम्रेज भएको थियो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका तामाङ इमेज एफएमको संवाददाता, सिटिजन एफएमको समाचार प्रमुख, जनता प्रशारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित रेडियो जनता एफएमको स्टेशन म्यानेजर र जनता खबर डटकमका सम्पादक रहेका थिए ।

पछिल्लो समय उनी मध्यान्नह दैनिकमा कार्यकारी सम्पादनको रुपमा रहेका थिए । उनी तामाङ भाषाका चलचित्रका लेखक तथा निर्देशक समेत रहेका थिए ।

२७ गते फागुन बिहान घरमै बसेका बेला ब्रेन ह्याम्रेज भएर ढलेका तामाङलाई चाबहिलस्थित दीर्घायू अस्पताल पुर्याइएको थियो । लगत्तै उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो । डेढ दशकदेखि पत्रकारितामा सक्रिय ४४ वर्षीय तामाङका एक छोरा, एक छोरी र श्रीमती छन् ।