images

समाजका हरेक गतिविधिहरुमा महिला सहभागिता अनिवार्य : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक गतिविधिहरुमा महिलाको सहभागिता अनिवार्य रहेको बताएका छन् ।

शनिवारबाट काठमाडौंमा शुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले राजनीतिक क्षेत्रमा मात्र नभइ समाजका हरेक गतिविधिमा महिला सहभागिता पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन् ।

उनले महिलालाई प्राथमिकतामा राखेर मात्रै समतामुलक समाज निर्माणतर्फ देशलाई लैजान सकिने बताए ।

प्रधानमन्त्री दाहालले महिलामा सिर्जनात्मक क्षमता धेरै रहने भन्दै आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि महिलाको सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।