
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले तीन वटा सम्भावित कार्यसूची तय गरेको छ ।
जसअनुसार शोक प्रस्ताव पारित गर्नेसहित प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक पेश गर्नेछन् ।
यसअघि चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएर बैठक आजका लागि तय भएको हो ।