images

लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीले गरे दाबी पेश

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन् ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन दिएका छन् ।

माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिए लगत्तै ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।