images

जनयुद्ध दिवस खारेजको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्नुपर्ने मागसहित आइतबार सर्वोच्चमा रिट दिएका हुन ।

सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जनयुद्ध दिवसबारे रिट आएको र यसमा अध्ययन भइरहेको जानकारी दिइन ।

सरकारले गत फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदासमेत दिएको थियो ।

मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

जनयुद्ध दिवसलाई उत्सवका रूपमा सरकारले मनाउन लागेप्रति सबैतिर आलोचना समेत भएको थियो