![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/03/Prachanda-Sher-Bahadur-Deuba-and-Madhav-Nepal-1024x589-1.jpg?fit=1024%2C589)
काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनका शीर्ष नेताहरु छलफललाई तीव्रता दिएका छन् ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।
छलफलमा बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारलाई तिव्रता दिएका छन् । यसअघि पनि १० दलीय गठबन्धनका शीर्ष नेताहरुसँग पटकपटक छलफल गरिसकेका छन्।