images

रंगकर्मीहरु अझै त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद : अभिनेता खनाल

काठमाडौं । आज ६२ औं रंगमञ्च दिवस मनाइएको छ ।

सोमवार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी रंगमञ्च दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले दिवस मनाएको ६२ वर्ष भएपनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् रहेको बताए । उनले अझैसम्म पनि रंगकर्मीहरुले श्रमीकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु परिरहेको भन्दै निराशा व्यक्त गरे ।

कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिन माग गरिन उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन ।

अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताइन ।