
काठमाडौं । ११ दिन पैदल हिडेर काठमाडौं आइपुगेका मिटरब्याजबाट पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्चमा प्रवेशमा रोक लगाउको छ ।
मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् ।
प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरेका हुन् ।
तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरलगायत माग राखेर उनीहरू काठमाडौं आइपुगेका हुन्।