images

राहुल गान्धीलाई सरकारी निवास खाली गर्न आदेश

काठमाडौं । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई भारतीय संसद लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ ।

लोकसभाको हाउजिङ कमिटीले सोमबार गान्धीलाई सरकारी निवास खाली गर्न सूचना जारी गरेको हो ।

लोकसभाको सांसद सूची रहेको वेबसाइटबाट नाम हटाउँदै गान्धी निर्वाचित भएको क्षेत्र वायनाडलाई रिक्त घोषित गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचनको तयारी थालेको छ ।

कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले ४ वर्ष पुरानो मानहानीको मुद्दामा २ वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको थियो ।