images

मन्त्रालय र मन्त्रीको नाम तत्काल पार्टी केन्द्रिय सचिवालयमा पेश गर्न नेकपा एसको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रिय सचिवालयमा छिटो पेश गर्न निर्देशन दिएको छ । 

मंगलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय सचिवालयको बैठकले तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको हो ।

मन्त्रालय र मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव तत्काल पेश गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो । सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुबारे पार्टीले टुंगो लगाउने छ ।

त्यसैगरी बैठकले मिटरब्याँज पीडितहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ ।

बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि स्विकृत गरिएको छ ।