images

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रोपटक विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रोपटक विश्वासको मत लिँदैछन् ।

दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा शर्माले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शर्माले बुधबार नै विश्वासको मत लिन लागेको र आवश्यक प्रबन्धका लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए ।

राष्ट्रपति निर्वाचनका कारण केन्द्रको राजनीतिक समीकरण भत्किएसँगै राप्रपाका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्मालाई विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता आइलागेको हो ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्मालाई राप्रपा, एमाले, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समेत समर्थन रहेको थियो ।

केन्द्रको समीकरण भत्किए पनि एमालेले भने मुख्यमन्त्रीलाई दिएको समर्थन कायम राख्ने वा नराख्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।