
काठमाडौं । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
आज दिउँसो दुप्चेश्वरको बेतिनी भन्ने ठाउँमा सुमो दुर्घटना भएको हो ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष शंकर थापाले जानकारी दिए । उनका अनुसार अन्य घाइतेहरुको उद्धार भइरहेको छ ।
उक्त सुमो नुवाकोटबाट काठमाडौंका लागि हिँडेको बुझिएको छ ।