images

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने

काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ ।

१० वैशाखमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका इश्वर लामिछाने र डा. रुपक विक घिमिरेले नाम फिर्ता लिए पछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका छन् । 

आकांक्षी अन्य उम्मेदवारहरुबीच पार्टीमा भएको छलफलमा लामिछाने र घिमिरेले नाम लिन सहमत भएका हुन् ।