images

नुवाकोटमा दुर्घटना अपडेट : तीन जनाको मृत्यु, दस जना घाइते

काठमाडौं । नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार भएको दुर्घटनाका १० जना घाइतेलाई काठमाडौं ल्याएर उपचार भइरहेको छ ।

जिल्लाको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना भएको थियो ।

यात्रु लिएर बेतिनीबाट काठमाडौं आउँदै गरेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो ।

काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

घाइते दसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।