images

पुराना पार्टीहरुमा कुशासन बढ्यो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा.स्वर्णिम वाग्लेले पार्टीहरुमा कुशासन बढेको तर्क गरेका छन् ।

रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको तर्क गरेका हुन् ।

त्यस्तै उनले नेपालमा पाँच-पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको टिप्पणी गरेका छन् । ‘हामी पाँच-पाँच वर्षमा कर्मकाण्डी चुनाव नै लोकतन्त्र भनिरहेका छौं’, उनले भनेका छन् ।