images

इरानमा हिजाब लगाउने महिलामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान

एजेन्सी । इरानमा हिजाब लगाउने महिलामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।

प्रहरीले यसबारे घोषणा गर्दै कपाल नढाक्ने महिलाको पहिचान गरेर उनीहरूलाई मेसेजमार्फत चेतावनी दिने जानकारी दिए । प्रहरीले यसमार्फत हिजाब कानुनविरुद्ध विरोधलाई रोक्न मद्दत मिल्ने बताएको छ ।

अघिल्लो वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि पूरा इरानमा हिजाबविरुद्ध प्रदर्शन सुरु भएको थियो । त्यसपछि यस्तो निर्णय लिइएको हो ।

त्यसयता धेरै महिलाले हिजाब फुकालेर विरोध गरे र यो विरोधको प्रभाव इरानसँगै विदेशमा पनि देखिएको थियो ।