images

आईपीएलमा आज एक खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ ।

आईपीएलमा शुक्रबार कोलकत्ता नाइट राईडर्स र सनराईजर्स हैदरावाद भिड्ने छन् । इडेन गार्डेनमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

कोलकत्ता आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । कोलकत्ता ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यता, हैदरावाद दोस्रो जित निकाल्न चाहन्छ । हैदरावाद २ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । कोलकत्ताले ४ जित निकाल्दा हैदरावादले मात्र १ जित निकालेको छ । यस सिजन दुई टोलीबीचको यो पहिलो भेट हो ।