images

युक्रेनले गर्‍यो रुसी सहरमा ड्रोन आक्रमण

एजेन्सी । युक्रेनले रुसी सहरमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट युक्रेनले रूसी गोला बारुद डिपोलाई विस्फोट गराएको थियो, जसले क्षेत्रमा अराजकता पैदा गरेको छ ।

यसअघि रुसले युक्रेनको विभिन्न क्षेत्रमा गोली हानाहान गरेको थियो । रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको थियो । जवाफमा युक्रेनले ड्रोन आक्रामण गरेको हो । विदेशी सञ्चारमाध्यमका अनुसार युक्रेनी ड्रोनले क्रिमियाको ओक्ट्याब्रस्की सहरको रेलवे स्टेशन नजिकै ड्रोन हमला गरेको थियो । जसका कारण पुरै आकाश कालो धुवाँले ढाकेको थियो ।

क्राइमियाका प्रमुख सर्गेई अक्स्योनोभले शनिबार ड्रोनले हतियार भण्डारण केन्द्रमा आक्रमण गरेको बताए । आक्रमणले ५ किलोमिटरको दायरा भित्र रहेका सबैलाई बाहिर निकालेको थियो ।

रेलवे स्टेशन नजिकै आक्रमण भएको हुनाले यसका कारण धेरै रेलहरू पनि अवरुद्ध हुन पुगेका छन् । यद्यपी अहिलेसम्म कसैको हताहतीको जानकारी आएको छैन ।