images

सुन तस्करी प्रकरण : १८ जनामाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

अदालतले आइतबार सुन प्रकरणका आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका दावा छिरिङ र २ साउनयता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको विभागले जनाएको छ ।