images

पाकिस्तानमा बम विस्फोटमा परि ४४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा भएको बम विस्फोटमा परी सयौ घाइते भएका छन् । उक्त घटनामा उक्त पार्टीको स्थानीय एक नेताको पनि मृत्यु भएको बिबिसीले जनाएको छ ।

खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरका अनुसार विस्फोटपछि अस्पतालमा लगिएका मध्ये ४४ जनाको मृत्यु भइसकेको छ भने १२३ जना घाइतेको उपचार भइरहेको छ । घाइते मध्य १५ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।

सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको छ । आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।