
एजेन्सी । युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ ।
युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ ।
स्पाइगन नामक यो ड्रोनको उडान सहनशीलता १२० देखि १६० मिनेट र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।
पचास किलोमिटरको उडान दायरा र एक हजार ५०० मिटरको उचाइ सीमा भएको ड्रोनमा फोटो र भिडियोका लागि दुईवटा क्यामेरा र टेक–अफ पोइन्टमा स्वतः फर्कने प्रणाली जडान गरिएको छ ।