images

इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या

एजेन्सी । इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या भएको छ । केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या भएको हो ।

समाचार अनुसार क्विटो शहरमा आयोजित एक चुनावी र्‍यालीमा सहभागि रहेका बेला एक संदिग्ध व्यक्तिले उनीमाथि गोली हानेका थिए ।

स्थानीय सञ्चारमाध्यमले आन्तरिक मन्त्री जुआन जापाटालाई उद्धृत गर्दै यो खबरको पुष्टि गरेका छन् । ५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए।