अमेरिकामा डढेलोमा परी ५३ जनाको मृत्यु, हजारौँ हेक्टर जंगल नष्ट

एजेन्सी । अमेरिकाको हवाईमा डढेलो लाग्दा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।

हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो ।

डढेलोसँगै सयौं घर जलेर नष्ट भएका छन् । तीव्र हावाका कारण लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नियन्त्रणका लागि हजारौँ अग्नि नियन्त्रक र हेलिकप्टर परिचालन गरिएको भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन, जहाँ हजारौँ विस्थापित नागरिकलाई आश्रय दिइएको छ।

डढेलोले हजारौँ हेक्टर जंगल जलेर नष्ट भएको छ। हाल हवाईमा आपतकाल लागू गरिएको छ।