images

नेकपा एसको पोलिटब्युरो बैठक आइतबारदेखि सुरु

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि सुरु हुने भएको छ ।

शनिवार काठमाडांैको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने निर्णय गरेको हो ।

त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । यसैबीच चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक पनि आइतबार साँझ बस्ने भएको छ ।