images

उपाधीका लागि आज स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । जारी फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधिको लागि आज स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे पछि हुनेछ ।

स्पेनले स्वीडेनलाई २–१ ले तथा इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा स्थान सुरक्षित गरेको छ ।

दुवै टोली पहिलोपटक विश्वकपको च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यस विश्वकपमा स्पेन पछिल्लो तीन खेलमा अपराजित छ ।

यता, उपाधि दावेदार टोलीको रुपमा हेरिएको इंग्ल्यान्ड पनि पछिल्लो तीन खेलमा सानदार प्रदर्शन गरिरहेको स्पेनलाई स्तब्ध पार्दै पहिलोपटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ ।

यि दुई टोली हालसम्म ७ पटक आमाने–सामाने हुँदा चार खेलमा इंग्ल्यान्ड विजयी भएको छ । २ खेल स्पेनले जित्दा एक खेल बराबरीमा सकिएको छ ।