images

भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको मदुराई रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा २० जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार केही यात्रुले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको हो ।

लखनउबाट ६० जनाभन्दा बढी तीर्थयात्री ट्रेनबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए । ती तीर्थयात्रीहरू शनिबार बिहान मदुराई पुगेका थिए । मदुराई रेलवे स्टेसन पुग्न करिब एक किलोमिटर मात्र टाढा रहेको अवस्थामा आगलागी भएको समाचारमा उल्लेख छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।