images

कतारलाई ९ विकेटले हराएर नेपाल सेमिफाइनलमा प्रवेश, बुधवार युएईसँग खेल्ने

काठमाडौं । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गरेको छ ।

मलेसियाको बांगीमा सोमबार बिहान भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । लगातार चौथो खेल जितेको नेपाल समूह ए बाट एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

खेलमा टस हारेर पहिले व्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन जोड्यो । उसका लागि साची धडवालले सर्वाधिक २१ रन बनाइन् ।

बलीङतर्फ नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् । जवाफमा ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा १ विकेट गुमाएर पार गर्‍यो । नेपालको लागि काजल श्रेष्ठले ३२ रन जोड्दा इन्दु बर्माले अविजित २० रन तथा सिता रानामगरले अविजित १७ रन जोडिन् ।

प्रतियोगितामा नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । समूहको अन्तिम खेलमा नेपालले बुधवार युएईसँग खेल्नेछ ।