images

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा जोडिएका रुपन्देही घर भइ टोखामा बस्ने खरेललाई नेपाल–भारतको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जनाएको छ ।

उनको काठमाडौं र वीरगञ्जका व्यापारीहरुसँग सम्पर्क देखिएको छ ।

योसँगै पक्राउ पर्नेको संख्या २७ पुगेको छ । यस प्रकरणको अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्म भण्डारीलाई भारत पठाएको छ ।