images

मध्यरातमा युवासंघले महिलालाई लखेटेपछि एमालेको चौतर्फी आलोचना

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका लागि सहभागी हुन काठमाडौं आएका महिलालाई एमाले निकट युवा संघले मध्यरातमा लखेटेको छ। प्रसाईंको भेलामा सहभागी हुन आएका महिलाहरुलाई बसेको ठाउँबाट लखेटेपछि अहिले एमालेको चौतर्फी ओलोचना भईरहेको छ।

भिडियोमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले लखेटेको देखिएको छ।प्रसाईले बिहिबार काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गर्ने लागेका छन। राजधानी बाहिरबाट मानिस आउने क्रम जारी रहेको र प्रदर्शन शान्तिपूर्ण हुने जनाइएको छ । त्यसैगरि नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ । युवा संघले सरकार र अराजकतावादीविरूद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन गर्ने भएको छ ।

मंसिर ७ गते एकै दिन काठमाडौंमा प्रदर्शनको कार्यक्रम राखेपछि शान्तिसुरक्षा लगायत विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । प्रशासन युवा संघलाई तीनकुने क्षेत्र र प्रसाईंको अभियानलाई बल्खु क्षेत्रमा प्रदर्शन गर्न अनुमती दिएको छ । दुबै पक्षले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । प्रसाईले ‘धर्म–संस्कृति, राष्ट्र–राष्ट्रियता र नागरिक बचाऊ महाअभियान’ चलाइरहेका छन् । अभियानको केन्द्रीय निकायका रूपमा उनले ७ जनाको अध्यक्ष मण्डल बनाएका छन् ।

प्रसाईंको नेतृत्व हुने कार्यक्रममा देशभरबाट ५ लाख मानिस भेला हुने दाबि गरिएको छ । काठमाडौँ केन्द्रित कार्यक्रम तीन दिनसम्म प्रदर्शन गरिने जनाइएको छ । उनले गणतान्त्रिक व्यवस्था नै उल्टाउन र राजतन्त्र फर्काउनका लागि देशभरबाट समर्थकहरूलाई काठमाडौँमा भेला गर्न लागेका हुन् । भेला र प्रदर्शनमा हस्तक्षेप गरिए प्रतिकारका लागि भनेर प्रसाईंले ५ हजारको दस्ता नै खडा गरेको दाबी गरेका छन् भने महेश वस्नेत नेतृत्वको कार्यक्रममा १७ हजार मानिसको सहभागिता रहने जनाइएको छ । पछिल्लो समय बस्नेत र प्रसाईंबीच विभिन्न विषयलाई लिएर आरोप प्रत्यारोप चलिरहेको छ ।

दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतविरुद्ध लगातार अभिव्यक्ति दिँदै विभिन्न आरोपमा उत्रिएपछि महेश बस्नेत र उनको समूहले काउन्टरस्वरुप प्रसाईंको प्रतिरोध गर्न खोजेको छ । बस्नेत समूहमात्र नभएर सिंगो एमाले पंक्ति दुर्गा प्रसाईको अभियानदेखि रुष्ट छ । गणतान्त्रिक उपलब्धि कुनै हालतमा पनि रक्षा गर्नका लागि एमालेले प्रतिकार गर्ने एमाले नेताहरुले बताएका छन् ।