images

इजरायल र हमासबीच युद्ध विराम गर्न सहमती,केही बन्धक रिहा गरिने

काठमाडौं। इजरायल र हमास समूहबीच युद्ध विराम गर्न सहमत भएका छन। हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र युद्ध विराम गर्ने विषयमा सहमति भएको हो।

इजरेली मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गराउन हमाससँग सम्झौता गरेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन।

इजरेली प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित एउटा विज्ञप्तिका अनुसार चार दिनका लागि लडाइँ रोकिएको बेला बन्धकहरूलाई मुक्त गरिने भनिएको छ ।

उक्त सम्झौताअनुसार थप १० बन्धकलाई मुक्त गरिए त्यस्तो विराम थप एक दिनले लम्बिने जनाएको छ।

इजरेली मन्त्रिपरिषद्को बैठक मङ्गलवार उक्त सहमतिबारे वार्ता गरेको थियो। मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले बन्धकहरूको मुक्तिका लागि कुनै सहमति भयो भने पनि हमाससँगको युद्ध जारी रहने टिप्पणी गरेका थिए।

हमास लडाकु समूहले गत अक्टोबर ७ मा इजरेलमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा इजरेलमा नेपाली सहित विदेशी नागरिकसहित १२०० जनाभन्दाको मृत्यु भएको थियो। त्यसैगरी इजरेली सैन्य कारबाहीमा ५ हजार बालबालिका सहित १४ हजार जनाभन्दा बढी मानिसको ज्यान गईसकेको बिबिसीले जनाएको छ।