images
images

हिमेश नाम गरेका पत्रकारले श्रीमती कुटेपछि, कलाकार हिमेश पन्तलाई गाली !

काठमाडौं । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ कलाकार हिमेश पन्तले आफूलाई अनाह रुपमा गाली खानु परेको भन्दै दुखेसो पोखेका छन।

हिमेश न्यौपाने नाम गरेका पत्रकारले श्रीमतीलाई कुटेपछि आफूलाई नाम मिलेकै आधारमा गाली आईरहेको बताएका छन्। पत्रकार न्यौपानेकी श्रीमतीले आफूलाई पतिले कुटपीट र हिंसा गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर जानकारी गराएकी थिइन। पत्रकारकी पत्नीले आफूलाई श्रीमान हिमेशले हिंसा गरेको भन्दै लाइभमा रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत बनेको थियो।

कलाकार पन्तले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन, “हिमेश” नाम गरेको एकजना पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ। हिजो देखि मेरो इन्बक्समा गालीका मेसेजहरु आईरहेका छन्। म स्पष्ट पार्न चाहन्छु कि,
पहिलो कुरा त मेरो बिहे नै भएको छैन।

साथै उनले आफू कुनैपनि घरेलु हिंसालाई समर्थन गर्ने व्यक्ति नभएको स्पष्ट समेत पारेका छन। पन्त कलाकारितासँगै गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा धादिङबाट उम्मेद्वार बनेपनि उनी पराजित भएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS