images

नेपाली कांग्रेस झापाका पूर्व सभापति शर्माको निधन

काठमाडौं। नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको निधन भएको छ। लामो समयदेखि स्वास्थ्यमा समस्यासँग जुधिरहेका शर्माको झापाको पूर्णटुङ अस्पतालमा सोमबार उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ।

८८ वर्षीय शर्मा पञ्चायतकालदेखी वहुदलका निम्ती संघर्ष गरेका नेता हुन। उनी बहुदल प्राप्तिका लागि संघर्ष गर्दा पटक पटक गरी ६वर्ष जेल जीवन विताएका थिए। पार्टी प्रतिवन्ध कालमा वि.स. २०३९ देखि०४२ सालसम्म उनी कांग्रेस झापाको सभापति बनेका थिए।

वि.स. २०१२ सालदेखि नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएका शर्माको निधनले सिंगो पार्टी पंक्तिलाई क्षति पुगेको कांग्रेस सभापति शेर बहादुर देउवाको भनाईलाई उदृत गर्दै कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन।