images
images

शाहरुख, सलमान र रणवीरलाई बेवास्ता, विक्रान्तलाई नेशनल अवार्डकाे माग

तपाईलाई फिल्मको एउटा पात्र यति मन पर्छ कि तपाई उसको प्रशंसा गर्नुहुन्छ र त्यो अभिनेतालाई भेट्न चाहनुहुन्छ। किनकी तपाई आफैंलाई त्यो फिल्मको कथासँग जोड्न थाल्नुहुन्छ। अभिनेता विक्रान्त मेसीको फिल्म १२ औं फेल भर्खरै रिलिज भएको थियो, जसलाई हेरेपछि लाखौं दर्शकहरु यसमा जोडिएर अभिनेताको तारिफ गरेका छन् । अहिले अवस्था यस्तो छ कि विक्रान्त मेसीको अभिनयबाट मानिसहरु खुसी छन् र उनलाई राष्ट्रिय अवार्ड दिन समेत माग गरेका छन् ।

फिल्मको कमाई कस्ताे थियो ?
फिल्म ‘१२ फेल’ को टिजर १० अगस्ट २०२३ मा र ट्रेलर ३ अक्टोबर २०२३ मा रिलिज भएको थियो। फिल्म २७ अक्टोबर २०२३ मा सिनेमाघरमा रिलिज भएको थियो। त्यही समयमा सलमान खानको ‘टाइगर ३’ थिएटरमा प्रवेश गर्न लागेको थियो, तर पनि सुस्त गतिमा बढ्दै गएपछि ‘१२ औं फेल’ले धमाका मच्चायो। २० करोडमा बनेको चलचित्रको अचम्मको कथालाई यति धेरै मन पराईयो कि १२ औं फेलले केही समयमै कमाई गर्दै ५० करोडको आँकडा पार गर्यो ।

नेशनल अवार्डकाे माग
हिन्दीमा सफलतापछि, निर्माताहरूले फिल्मलाई तमिल र तेलुगु भाषाहरूमा डब गरेर ३ नोभेम्बर २०२३ मा सिनेमाघरहरूमा रिलिज गरे। फिल्मको छायांकन रियल लोकेशनमा गरिएको थियो । मुखर्जी नगर, दिल्लीलाई सिभिल सर्भिसको तयारीको हब मानिन्छ र यहाँ सुटिङ गरिएको थियो। फिल्ममा विक्रान्तको अभिनय प्रशंसनीय छ । जसका कारण सामाजिक सञ्जालमा मानिसहरूले शाहरुख, रणवीर र सलमानलाई नभई विक्रान्तलाई नेशनल अवार्ड दिन अनुरोध गरेका छन्।

विक्रान्तकाे दमदार भूमिका !
विक्रान्त मेसीले अहिलेसम्म धेरै फिल्ममा काम गरिसकेका छन् । उनले सहायक पात्रबाट सुरु गरे र आज उनी मुख्य भूमिकामा छन् । ‘१२ फेल’ अघि उनी ‘हसीन दिलरुबा’, ‘ग्यास लाइट’, ‘फरेन्सिक’, ‘लभ होस्टल’, ‘छपाक’, ‘गिन्नी वेड्स सन्नी’, ‘१४ फेरे’मा देखिएका छन् । उनले टिभीबाट अभिनय सुरु गरेका हुन् । उनले बालिका वधु जस्ता शीर्ष टिभि कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तर, त्यसपछि उनी फिल्मतिर लागे र उनको करियर सुरु भयो । उनले एकपछि अर्को फरक–फरक भूमिका खेलेर दर्शकलाई प्रभावित पारेका छन् । जसका कारण उनका फ्यानहरु पनि उनकै लागि पागल भएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS