images
images

चिठ्ठी फिल्मको ‘टुटेको तारा’ सार्वजनिक

काठमाडौं। नेपाली चलचित्र चिठ्ठीको गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ। माधवराज खरेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिठ्ठी’ को पहिलो गीत सार्वजनिक भएको हो।

टुटेको तारामा वरिष्ठ गीतकार डा कृष्णहरि बरालको शब्द र सराेज कोइरालाको संगीत तथा शिव परियारको स्वर रहेको छ। गीतलाई ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको छ ।

मायामा यस्तो हुन्छ,सोचेकोसम्म थिइन। मृत्यु नै जस्तो हुन्छ,सोचेको जस्तो थिइन के भाे यस्तो? आज लगायतका मार्मिक शब्दहरु गीतमा सुन्न सकिन्छ। मायालाई टुटेको ताराको उपमा दिदैं विछोडको भाव भल्किरहेको छ।

जन्म सँगै मृत्यु शास्वत सत्य भए पनि मायामा पल पल मर्नु परेको शव्दभाव गीतमा रहेको छ। मायालाई सस्तो बनाउँदा एउटा प्रेमीको मन टुटेको तारा जस्तै भएकाे भाव गीतमा रहेको छ।

कमेडी जनारामा बनेको चलचित्र चिठ्ठीको केन्द्रीय भुमिकामा सञ्जीत भण्डारी, खड्ग बहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन्। त्यसैगरीे नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ।

चलचित्रलाई छायांकन जीवन पराजुली र राजन खरेल रहेको छ भने, सम्पादन माधब खरेल र अच्यूत बजगाईले गरेका छन्। म्युजिकको कलर संयोजक तथा भिएफ्एक्स समिर मिँया, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीले गरेका छन् ।

मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका छन् भने साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्वन्द निर्देशन किरण दाहालको रहेको छ। । त्यसैगरी अमृत चापागाईको पोष्टर डिजाईन र साहिल खानको पब्लिसिटी डिजाईन रहेको छ ।

चलचित्रको साहायक निर्माताको रुपमा अनिता कुँवर, समिर खान र कृष्णादेवी आचार्य रहेका छन । काठमाडौं, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्र चिठ्ठीको पोष्ट–प्रोडक्सनको सम्पूर्ण कार्य सकाएको निर्माताले जनाएका छन। कम्पनीले प्रदर्शनी मिति भने छिट्टै तोकिने निर्देशक माधवराज खरेलले जनाएका छन। एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिठ्ठीलाई सञ्चारकर्र्मी कमला जोशीले निर्माण गरेकी हुन् ।

हेर्नुहाेस् भिडियाे

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS