images

गाजामा युद्ध विरामका लागि पेश गरिएको प्रस्ताव राष्ट्रसंघको महासभाद्वारा पारित

काठमाडौं । गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाले पारित गरको छ ।

प्रस्तावको पक्षमा १५३ र विपक्षमा १० सदस्य राष्ट्रले मतदान गरेका छन् । २३ देशले मतदानमा भाग लिएनन् । युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्नेमा अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्यू गिनी र पाराग्वे रहेका छन् ।

यसअघि इजिप्टका राजदूत अब्देल खालेक महमुदले गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव पेश गरेका थिए । इजिप्टले सुरक्षा परिषदमा युद्धविरामको लागि गत हप्ता गरेको आह्वानमा अमेरिकी भिटोका कारण असफल भएको थियो ।