
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्धको युद्ध नरोक्ने बताएका छन् ।
चौतर्फी दबाब बढीरहेका बेला नेतन्याहुले वैश्विक दबाबले पनि यो लडाइँ नरोकिने घोषणा गरेका हुन् । उनले लडाइँलाई अन्तिम समयसम्म जारी राख्ने स्पष्ट पारेका छन् ।
यसअघि गाजामा युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभामा पारित भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाउँदै गएको टिप्पणी गरेका थिए ।