काठमाडौं । गाजापट्टीमा इजरायलको आक्रमणमा कम्तीमा १ सय ११ प्यालेस्टिनीको मृत्यु भएको छ । यो क्रममा कैयौँ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजा शहरको केन्द्रमा रहेको अल–दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ जनाको मृत्यु भएको बताइएको छ ।
गाजापट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अन्य विभिन्न भागमा मारिएका ४३ वटा शव दक्षिणी गाजापट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पु¥याइएको मन्त्रालयले छ ।
इजरायली सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० जना मेडिकल स्टाफलाई गिरफ्तार गरेको मन्त्रालयले जनाएको छ ।
इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरूबीच लडाइँ जारी छ । अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व शुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १८ हजार ६०० पुगेको छ ।