काठमाडौं। दुई दिनको बीचमा भारतमा १२७ सांसद निलम्बनमा परेका छन् । सोमबार ७८ सांसदलाई निलम्बन गरिएकोमा मंगलबार लोकसभाका थप ४९ जना सांसद निलम्बनमा परेका हुन् । यो सँगै दुबै सदनमा गरी निलम्बित सांसदको संख्या १४१ पुगेको छ ।
एकसाता अघि संसदमा भएको अवैधानिक प्रवेस र ग्यास विस्फोटको घटनापछि तनाव बढ्दै जाँदा धमाधम सांसदहरुलाई निलम्बन गरिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार लोकसभाबाट निलम्बनमा पर्नेमा फारूक अब्दुल्ला, शशि थरूर र मनीष तिवारी लगायत छन् ।
सांसदहरु निलम्बनमा परेपछि विपक्षी गठबन्धनले नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही भएको आरोप लगाएका छन् । निलम्बनमा परेका सांसद पारुक अब्दुल्लाले संसदमा विपक्षी गठबन्धनका एक जना मात्र रहेसम्म गृहमन्त्री अमित शाहको जवाफ मागिरहने बताए । सकारले संसदको सुरक्षाको विशषाधिका अध्यक्षमा रहेकाले गृहमन्त्रीले जवाफ दिनुनपर्ने बताएकोमा पनि अब्दुल्लाले आपत्ती जनाएका छन् । एएनआईका अनुसार संसदीय कार्य मामिला मन्त्री प्रह्लाद जोशीले संसद्मा अवैध गतिविधि हुन नदिन यो कदम चालिएको बताएका छन् ।
हालै भएको विधानसभा चुनावमा भोगेको हारका कारण विपक्षले संसदीय मर्यादाविपरीत काम गरिरहेको उनको आरोप छ । गत १३ डिसेम्बरमा संसद्भित्र र परिसरमा चारजनाले प्रदर्शन गर्दै रंगिन ग्यास फ्याँकेका थिए । संसद्को सुरक्षामा भएको ठूलो कमजोरीको मामिलामा विपक्षले गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीले सदनमा जवाफ दिनुपर्ने माग गरिरहेका छन् ।